७ जेष्ठ २०८२, मंगलवार

श्रीकृष्ण जन्माष्टमीले राष्ट्रिय एकतालाई बलियो बनाउने राष्ट्रपतिको विश्वास
  • न्युज मानसराेवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेकी छन् ।

राष्ट्रपतिले सन्देशमा यस पर्वले सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपतिको सन्देशमा लेखिएको छ, ‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने अपेक्षा लिएको छु ।’

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech