बाँके। कोभिड–१९ तेस्रो लहरको प्रतिकार्यको लागि बाँके र बर्दियामा कोभिड–१९ रेस्पोन्स इन इमरजेन्सी (कोर) परियोजना सञ्चालन भएको छ ।
इनरुडेक बाँकेले आड्रा नेपाल र जापान प्लेटफर्मसँगको सहकार्यमा सञ्चालन भएको परियोजनाले नेपालगञ्जस्थित भेरी अस्पताल, गुुलरियास्थित जिल्ला अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेशन केन्द्रमा कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री व्यवस्थापन गर्ने इनरुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायले बताउनुभयो ।
उहाँका अनुसार, दुवै जिल्लाका १६ स्थानीय तह र अस्पतालसँग समन्वय गरी स्वास्थ्य सामग्री व्यवस्थापन तथा कोभिड–१९ तेस्रो लहरको प्रतिकार्यको तयारी गरिएको छ । पहिलो चरणमा कोरोनाको उपचार भईरहेको भेरी अस्पताल, गुलरिया अस्पताल र स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेशन केन्द्रमा आवश्यकता अनुसारका कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरिएको छ ।
परियोजना अन्तर्गत आजमात्रै नेपालगञ्जस्थित भेरी अस्पताल, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन केन्द्रलाई कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरिएको छ । भेरी अस्पताललाई रु. ६६ लाख र आइसोलेशन केन्द्रलाई रु. ३ लाखका दरले कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरिएको इनरुडेकका निर्देशक हिरालाल रानाले बताउनुभयो ।
उहाँका अनुसार, बाँके र बर्दियाका सबै स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेशन केन्द्रमा स्थानीय तहसँगको समन्वयमा एकहप्ता भित्र कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गर्ने योजना रहेको छ ।
भेरी अस्पताललाई गुलकोमिटर १० थान, गुल्कोमिटर स्ट्पि २ सय थान, पारामिटर ५ थान र १ हजार थान पीपीई हस्तान्तरण गरिएको छ । भेरी अस्पताललाई यस अघि पनि अस्पतालले अनुरोध गरे वमोजिम दुईपटक गरी करिव रु. १ करोड वराबरको कोभिड विशेष स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरिएको उहाँले बताउनुभयो । हाम्रो समाचार साभार