१२ श्रावण २०८१, शनिबार

बाँकेमा एमालेकाे अभियान जारी
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले बाँकेले जिल्लामा आफ्ना कार्यकर्ताहरूलाई  प्रशिक्षण संचालन  शुरू गरेकाे छ ।

एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले दिएकाे जानकारी अनुसार जिल्लाका सबै वडाहरूमा नेकपा एमालेका नेता कार्यकर्ता लाई प्रशिक्षण तथा अभिमुखिकरण अभियान  संचालन गरिएकाे जानकारी गराए । 

ढकालले अभियान शुरू गरिएकाे बताए ।उनले आज बैजनाथ गाउँपालिका सबै वडाहरूमा प्रशिक्षण कार्यक्रम सम्पन्न  गरिएको जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा नेता संविधान सभा सदस्य देवराज भार ,सुर्य ढकाल लगाएत बक्ताहरुले बर्तमान समयमा पार्टीको समिक्षा र भारी रणनिति जबजको ब्याख्या गरेका थिए ।

  • १५ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech