१२ श्रावण २०८१, शनिबार

बाँकेमा बुधवार २६ संक्रमित थपिए, १९ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके।  बाँकेमा बुधवार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११२ नमुना परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १७, कोहलपुर मेडिकल कलेजमा ८ र बागेश्वरी प्रयोगशालामा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । तिमध्ये बाँकेका ८ जना छन् ।

खजुरा, बैजनाथ र कोहलपुरका २–२ जना र नेपालगञ्ज र नरैनापुरका १–१ जना रहेका छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या बाँकेमा अव १८ हजार २३ पुगेको छ ।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech