३ आश्विन २०८१, बिहीबार

काठमाडौं उपत्यकामा भारी वर्षा, यी नदीहरूमा पानीको बहाव बढ्ने
  • न्युज मानसराेवर

काठमाडौँ। सोमवार बाहान काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ ।

उपत्यकामा बागमती र यसको सहायक नदी जलाधारहरुमा पछिल्लो ६ घण्टा देखि बर्षा भइरहेको मौसम विभागले जनाएको छ ।

उपत्यका भई बहने साना नदीहरुमा जलसतह बढ्दो हुने,केहि साना नदी-नालाको पानी सडक किनार सम्म आउन सक्ने विभागले जनाएको छ ।

यस्तै बाग्मती नदी खोकना स्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र  बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।

यता चितवन जिल्ला माडी क्षेत्रको छर्छरे,कल्याणपुर,बनकट्टा,गोविन्दबस्ती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षामापन भएको छ ।

सो क्षेत्र भई बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी जानसक्ने भन्दै विभागले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सिन्धुलीको हरिहरपुरगढी र आसपास पछिल्लो ६ घण्टा भारी वर्षामापन भएकोले कोखाजोरखोला लगायतका स-साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने छ ।

यी क्षेत्र र नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

  • २१ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech