बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको भागमा परेका थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई दिइएको छ ।
गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो ।
उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि अब मन्त्री चौधरीले सम्हाल्नेछन् ।