११ श्रावण २०८१, शुक्रबार

बाँकेमा बिहीवार १५ संक्रमित थपिए, ७ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा बिहीवार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११६ नमुना परीक्षण गर्दा थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा ३ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १० जना छन् ।

कोहलपुरका ८, नेपालगञ्ज र राप्तीसोनारीका १–१ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ७९ पुगेको छ ।

यस्तै बिहीवार थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले एक सय रहेको छ ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech