११ श्रावण २०८१, शुक्रबार

कोहलपुर नगर अध्यक्षमा अर्जुनजंग शाह विजयी
  • न्युज मानसराेवर

कोहलपुर । राष्ट्रिय प्रजातान्त्र पार्टी कोहलपुर नगर अध्यक्षमा अर्जुनजंगको विजयी भएका छन।

नगर कार्य समितिका पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएपनि नगर अध्यक्षका लागि दुई जना तिब्र आकांक्षी देखिएपछि निर्वाचन मतदान प्रक्रिया बाट  शाह अध्यक्षमा १सय ३१ मत सहित निर्वाचित भएका हुन् ।

नगर अध्यक्षको आकांक्षी सरिता शाहीले ८३ मत प्राप्त गरेकी थिइन  महाधिवेशन बाँकेका निर्वाचन समिति संयोजक रुद्रमणी न्यौपानेले जानकारी गराएका छन।

पराजित  शाही यस अघी कोहलपुर नगर अध्यक्ष  थिइन् ।

निर्वाचन संयोजक न्यौपानेका अनुसार कुल २ सय ४० मतदाता रहेकोमा २ सय १४ मत खसेको थियो । यसै गरी  नगर कार्य समितिका ३२ सदस्य भने समर्वसम्मत चयन भएका छन् ।

कोहलपुर नगरपालिका अन्र्तगतका १५ वटै वडाका वडा कार्यसमिति पदाधिकारीहरुले नगर समिति चयनका लागि मतदान गरेका थिए । राप्रपा संयुक्त र राप्रपा नेपालबीच एकिकरण पश्चातको हालको राष्ट्रिय प्रजातन्त्र पाटीले संगठन सुदृढिकरण अभियान अन्र्तगत कोहलपुर नगरपालिकाका सबै वडाहरुमा वडा समितिहरु विस्तार गरिसकेपछि पछि आज नगर अधिवेशन  गरिएको थियो ।

  • २८ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech