३ आश्विन २०८१, बिहीबार

काेहलपुर र बैजनाथमा परियोजनाको वार्षिक समीक्षा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुरमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा सम्पन्न भएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति कोहलपुर नगरपालिकाको आयोजना तथा यूएसआईडि, माईति नेपाल, यूकेआईडी र विनरक ईन्टरनेशनलसँगको सहयोगमा मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम गरिएको  हो ।

कार्यक्रममा कोहलपुर  नगर  प्रमुख ( एल्बि ) लुट बहादुर रावतले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि कार्यविधि निर्माण भई पास गरी कार्यान्वयन भई रहेको, पालिका स्तरिय संरचना निर्माण, पालिका एवम् वडा स्तरिय कार्ययोजना निर्माण भई कार्यान्वयन भईरहेको बताए ।
रावतले वडा स्तरीय मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समितिहरु गठन भई विभिन्न कामहरु गरिरहेको कार्यक्रम जानकारी गराए ।

उनले उद्धार एवम् प्रभावतको सामाजिक पुनःएकिकरण सम्बन्धी आन्तरिक रुपमा जोखिम एवम् शोषणमा परेका रहेकाहरुको उद्धार कार्य भईरहेको समेत बताएका छन् ।

 

यसै गरी बैजनाथ गाउँपालिका विच मा समेत मानव बेचबिखनबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि वार्षिक समिक्षा सम्पन्न गरिएको छ ।

कार्यक्रममा कार्यपालिका सदस्य  बाल क्लब युवा सञ्जाल समाजसेवी प्रहरी लगाएतको सहभागिता रहेको थियो ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech