११ श्रावण २०८१, शुक्रबार

दैलेखमा शिक्षकको घाँटी रेटी हत्या
  • न्युज मानसराेवर

दैलेख : दैलेखमा एक जना शिक्षकको घाँटी रेटेर हत्या गरिएको छ । गुराँस गाउँपालिका–छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र विसीको सोमवार राती घाँटी रेटेर हत्या गरिएको अवस्थामा विद्यालयमै शव फेला परेको हो । ४१ वर्षीय विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउँदै आउनुभएको थियो । विसी सोमवार राति ११ बजेसम्म छोटेपोखराको एक किराना पसलमा बसेको पाइएको छ ।

घटना ११ बजेपछि भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । प्रहरीले किराना पसलका सञ्चालक र अर्का एकजना युवालाई नियन्त्रणमा लिएको छ । मंगलवार विहान दुध पुर्याउन आएका स्थानीयले स्कुलको बरण्डामा शव देखेपछि प्रहरीलाई खवर गरेको थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको र केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

  • २९ भाद्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech