१२ श्रावण २०८१, शनिबार

५३४ कैदी–बन्दीको सजाय मिनाहा गर्न गृहको सिफारिस

७ जनालाई आममाफी

  • न्युज मानसराेवर

काठमाडौं– विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेका ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा सिफारिस गरेको छ।

गृह मन्त्रालयले संविधान दिवसको अवसर पारेर उनीहरुको कैद मिनाहा गरी जेलमुक्त गर्न सिफारिस गरेको हो।

५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि मंगलबार मन्त्रिपरिषद्‌मा सिफारिस गरेको गृह स्रोतले जानकारी दियो।

त्यस्तै, ७ जनालाई आम माफी दिन पनि सिफारिस भएको गृह मन्त्रालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ मा विभिन्न कसूरमा कैद सजाय पाइ जेलमा रहेकामध्ये चालचलनमा सुधार आएका र ५० प्रतिशत कैद भुक्तान गरेका व्यक्तिको कैद कट्टा गर्न सकिने व्यवस्था गरिएको छ।

तर, उक्त व्यवस्थाअनुसार हुने कैद कैट्टा र कैद सजाय माफीको निर्णय हरेक पटकजसो विवादित बन्दै आएको छ। चालचलनमा सुधार आएको भनेर कैद सजाय माफी पाएका व्यक्ति समेत जेलबाट छुटेपछि पुन: अपराधिक कार्यमा संलग्न हुने गरेका घटनाहरु समेत देखिने गरेका छन्।

  • ३० भाद्र २०७८, बुधबार प्रकाशित

  • Nabintech