बाँके।नेकपा एमाले बाँकेको आयोजनामा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली(भोलि) बाँके आउने भएका छन।
बाँके। एमाले अध्यक्ष ओली बाँकेका अगुवा नेता तथा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्नाका लागि बाँके आउने भएका हुन।
जिल्ला कमिटिको १८ औँ पूर्ण बैठकले वृहत कार्यकर्ता भेला सफल बनाउन आफ्ना सबै कमिटी परिचालन गरेको छ ‘। जिल्ला सचिव रत्न खत्रीले भनेका छन’।
जिल्ला कमिटी बाँकेले तयार पारेको प्रचार व्यानर स्रोतःजिल्ला सचिव रत्न खत्रीको सामाजिक सञ्जाल बाट ।
पछिल्लो समय पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली देशभरी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आइरहेका छन।
विशेष गरी एमाले विभाजको असर न्यूनिकरण गर्नाका लागि ओलीको देश दौडाह भइरहेको राजनितिक जानकारहरुको बुझाइ रहेको छ ।
एमाले जिल्ला कमिटी बाँकेले जिल्लाका सबै नेता कार्यकर्ताहरुलाई भेलामा सहभागिता जनाउन अपिल समेत गरको छ । कार्यक्रम नेपालगञ्ज स्थित सिद्धार्थ भू कारकादोमा दिउसो १ बजे देखी कार्यक्रम संचालन गरिने नेकपा बाँकेले जनाएको छ ।