१२ श्रावण २०८१, शनिबार

बस्ती नजिकै बाघको बथान
  • न्युज मानसराेवर

बाँके। बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत राप्तीसोनारी गाउँपालिका १ स्थित गाभर र सौरी गाउँकोबीच जङ्गलमा पाटेबाघको ठूलो समुह बसिरहेको पुष्टि भएको छ । सो जानकारी पाएपछि स्थानीय थप आतंकित भएका छन् ।

गत साता दुईवटा पाटे बाघले गाभरको एक होटलमा काम गर्ने भारतीय नागरिकलाई राजमार्गबाटै तानेर खाएपछि ती बाघको खोजी गर्ने क्रममा गाभर र सौरी गाउँ नजिकै धेरै बाघहरु रहेको पत्ता लागेको छ ।

बाघको खोजीका लागि गाउँनजिकैको जंगलमा राखेको ‘क्यामेरा ट्रापिङ’ बाट त्यहाँ बाघको बथान फेला परेको पुष्टि भएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी गराएका छन। शाहले  निकुञ्जले सिमित ठाउँमा बिछ्याएको क्यामेरामा छोटो अवधिमा चार वटा वयस्क पाटेबाघ देखिएको बताएका छन।

चार वटै बाघलाई गाभर र सौरीकोबीच जंगलमा क्यामेराले कैद गरेको जनाउँदै शाहले त्यहाँ अरु बाघ पनि रहेको हुनसक्ने संकेत गरेका छन। अहिले निकुञ्जमा सबैभन्दा बढी संख्यामा बाघ देखिएको ठाउँ राप्तीसोनारीको गाभर र सौरी बीचको जंगल भएकोले सो नजिकको बस्तीलाई अत्याधिक जोखिम रहेको निकुञ्जले जनाएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech