१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु
  • न्युज मानसराेवर

कोहलपुर,आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बाँकेको कोहलपुर बाट  एक जना पक्राउ परेका छन ।

आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech