८ मंसिर २०८१, शनिबार

साफ खेल्ने नेपाली टिमको घोषणा
  • न्युज मानसराेवर

काठमाडौँ ।मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् । घोषित टिम २३ सदस्यीय रहेको छ ।

माल्दिभ्समा असोज १५ देखि ३० सम्म हुने प्रतियोगिताको तयारीका लागि हाल नेपाली टिम कतारमा छ । नेपाली टोलीबाट त्यहाँबाट माल्दिभ्स जानेछ ।

घोषित टिममा किरण लिम्बू, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ठकुरी, अन्तत तामाङ, गौत्तम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनीष डांगी, कमल थापा र रोहित चन्द छन् ।

कतारमा रहेको टिमबाट दुई खेलाडीमा विकेश कुथु र राजन गुरुङ टोलीमा समावेश छैनन् । नेपालले असोज १५ को उद्घाटन खेलमा माल्दिभ्सको सामना गर्नेछ । त्यसपछि नेपालले असोज १८ मा श्रीलंका, २४ मा भारत र २७ मा बंगलादेशको सामना गर्नेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको लिग चरणको शीर्ष दुईमा रहनेले फाइनल यात्रा तय गर्नेछ ।

  • १० आश्विन २०७८, आईतवार प्रकाशित

  • Nabintech