७ बैशाख २०८२, आईतवार

जानि राख्नुस्, वेद के हो ?
  • न्युज मानसराेवर

वेद ईश्वरीय ज्ञान हो । सृष्टिको आरम्भमा ऋषिहरूलाई समाधि अवस्थामा वेदको ज्ञान भएको थियो ।

वेद चारवटा छन् : ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । पाठभेदका आधारमा यिनै चार वेदका १,१३३ शाखा छन् ।
उपवेद पनि चारवटै छन् : अर्थवेद, धनुर्वेद, गान्धर्ववेद र आयुर्वेद ।

त्यस्तै, ब्राह्मणग्रन्थलाई पनि वेदकै अंग मानिन्छ । यसमा वेदले बताएका धर्म अर्थात् यज्ञ आदि कर्म तथा विधि र निषेधको वर्णन गरिएको विस्तारमा व्याख्या र व्यवस्था गरिएको छ ।

यिनमा चार ग्रन्थ प्रसिद्ध छन् : ऐतरेय, शतपथ, ताण्ड्यब्राह्मण र गोपथ ।

उपनिषद् पनि वेद नै हुन् । अझ वेदका चरम रूप हुनाले यिनलाई वेदान्त भनिन्छ । यिनमा वेदले बताएका आध्यात्मिक विचारको व्याख्या गरिएको छ ।

१०८ वटा उपनिषद् छन् जसमा ११ मुख्य हुन् : ईश, केन, कठ, प्रश्न, मुण्डक, माण्डुक्य, तैत्तिरीय, ऐतरेय, श्वेताश्वतर, छान्दोग्य र बृहदारण्यक ।

 

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech