१२ श्रावण २०८१, शनिबार

बाँकेमा १४ जनामा संक्रमण पुष्टि, ३ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा सोमवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९८ नमुना परीक्षण गर्दा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा ४ जनामा भाइरस संक्रमण देखिएको हो ।

तीमध्ये बाँकेका ११ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २०४ पुगेको छ ।

यस्तै सोमवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या भने १७ हजार ७९५ पुगेको छ ।

उपचार गराइरहेका मध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । २० जना मध्यम बिरामी रहेको बताइएको छ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech