१२ श्रावण २०८१, शनिबार

एमाले विधान महाधिवेशनको तयारी पूरा
  • न्युज मानसराेवर

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको विधान महाधिवेशनको तयारी पूरा भएको बताएको छ। असोज १५, १६ र १७ गते हुने महाधिवेशनबारे आज (बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ।

पत्रकार सम्मेलनमा एमाले नेता खिमलाल भट्टराईले एमालेकै सरकारले निर्माण सम्पन्न गरेकोले गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा महाधिवेशन आयोजना गर्न लागिएको बताए। महाधिवेशनका लागि एमालेले रामबहादुर थापा संयोजक रहेको मूल व्यवस्थापन समिति गठन गरेको छ।

एमालेको विधान महाधिवेशनमा पाँच हजार प्रतिनिधिले भाग लिने छन्। महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिनेछन्। केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी सदस्य, प्रत्येक केन्द्रीय विभागबाट ५ जना, प्रत्येक जनसंगठनका पदाधिकारी र वरिष्ठ सदस्यमध्येबाट १० जना सहभागी हुने छन्। केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्‍च पर्छन्। त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिनेछन्।

जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रबाट अनिवार्य एक जना महिला, प्रत्येक जिल्लाबाट एक जना दलित, प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाका प्रमुख र उपप्रमुख र एकतामा सामेल भएका व्यक्तिहरु सहभागी हुने तय भएको छ।

प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले पनि महाधिवेशनमा भाग लिनेछन्।

एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरिसकेको छ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech