२९ भाद्र २०८१, शनिबार

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट फेरिए
  • न्युज मानसराेवर

बुटवल। प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्‌ बैठकले मेसुमा कार्यरत डा राजेन्द्र खनाललाई कोभिड विशेष अस्पताल संचालन तथा व्यवस्थापन निर्देशक समितिको संयोजकमा सरुवा गर्दै रिक्त पदमा अस्पतालकै डा इन्द्र ढकाललाई निमित्त मेसुको जिम्मेवारी दिएको हो । यसअघिको सरकारले पनि मेसु परिवर्तनको हल्ला भए पनि निर्णय नभएको भन्दै डा. खनाल नै कार्यरत थिए ।

सरकारले लुम्बिनी प्रदेशमा कोभिड–१९ महामारीको चुस्त दुरुस्त व्यवस्थापन गर्नका लागि कोभिड विशेष अस्पताल तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गर्दै डा. खनाललाई निर्देशकमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए ।

  • १४ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech