१२ श्रावण २०८१, शनिबार

बाँकेमा सोमवार २१ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके। बाँकेमा सोमवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा २० र मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

तीमध्ये बाँकेका १० जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २४८ पुगेको छ ।

यस्तै सोमवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८५६ पुगेको छ ।

  • १८ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech