बाँके।नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङबाट रनवेतर्फ गर्दा दुर्घटनामा परेको छ ।
उडानको लागि अघि बढ्दै गरेको जहाजको एउटा टायर धसिएको थियो । जहाज १० बजे दुर्घटनामा परेको हो । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।