१२ श्रावण २०८१, शनिबार

व्याटमिटन प्रतियोगितामा प्रमोद कुमार समुह प्रथम
  • न्युज मानसराेवर

गाभर। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ इकाइ कार्य समिति बैजनाथको आयोजनामा संचालित व्याटमिन्टन प्रतियोगिता आज सम्पन्न गरिएको छ ।

प्रतियोगितामा बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्मा र मोहन सिंह राना मगरको समुह प्रथम भएको छ ।भने दोस्रो स्थान दिपक शाही र अर्जुन चौधरीको समुह भएका छन । यसै गरी  प्रतियोगिताको तेस्रो स्थान  कुल बहादुर चौधरीको समुह भएका छन।

बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको प्रतियोगिताको  समुहलाई  प्रमथ पुरुस्कार  प्रमाणपत्र ट्याकसुट दोस्रो पुरुस्कार  प्रमाणपत्र स्पोर्ट सुज तेस्रो पुरुस्कार  जर्सी उपलब्ध गराइएको थियो ।

समापन कार्यक्रममा  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल उपस्थित रहेको थियो ।

व्याटमिटन प्रतियोगिताको पुरुस्कार  र प्रमाणपत्र राझा चारबाहिनीका सहायक रथी हरेन्द्र पाठकले विजयी समुहलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका वडा न १ का वडा अध्यक्ष रुप बहादुर मल्ल स्थानीय समाजसेवि गाएतको सहभागिता रहेको थियो ।  प्रतियोगिता गाभर भ्याली स्थित थारु भिलेजमा संचालन गरिएको थियो ।

  • १९ आश्विन २०७८, मंगलवार प्रकाशित

  • Nabintech