२९ बैशाख २०८२, सोमबार

बाँकेका सुरेन्द्र हमाल भए लुम्बिनी प्रदेशको वन मन्त्री
  • न्युज मानसराेवर

बाँके। लुम्बिनी प्रदेश सरकारमा बाँकेका प्रदेश सभा सदस्य सुरेन्द्र हमाल मन्त्री भएका छन । उनी वन वातावरण तथा भूसंरक्षण मन्त्री बन्न लागेका हुन । नेपालगन्ज-२ निवासी उनी बाँके, प्रदेशसभा-२(ख) बाट निर्वाचित भएका थिए ।

हमाल ओलम्पियन पनि हुन्।कुलप्रसाद केसी मुख्यमन्त्री भएको दुई महिना पुग्नै लाग्दा आज उनलेे मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन ।
मन्त्रीलाई आजै (शुक्रबार) शपथ गराउने तयारी भएपनि समय र मन्त्रीको नाम सार्वजनिक नहुँदा तय भएको छैन ।

माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याइसकेको जनाएको छ । हमालले दूरसंचार डटकमसंग भने, “खासमा म खेलाडी भएको हुँदा खेलकुद मन्त्रालय मागेको हु, तर मिलाउने क्रममा वन मन्त्री मिल्ने निश्चित जस्तै छ, मन्त्री हुने पक्का नै हो सपथ नलिदासम्म मन्त्रालय तलमाथी हुन सक्छ ।”

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech