११ श्रावण २०८१, शुक्रबार

भारतबाट फर्किने नेपालीलाई जमुनाहा नाकामै खोप
  • न्युज मानसराेवर

बाँके।  भारतबाट फर्किरहेका नेपालीहरुलाई जमुनाहा नाकामा खोप लगाउन शुरु गरिएको छ । रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँमा पुगेका उनीहरु चाडपर्व मनाउन यतिबेला घर फर्किरहेका छन् ।

उनीहरुलाई खोप लगाएर मात्रै प्रवेश गराउन थालिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । कतिपयले उतै खोप लगाइसकेका छन् । खोप नलगाएकाहरुलाई नाकामै खोप लगाएर घर पठाउने गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने उद्देश्यले नाकामै परदेशीहरुलाई खोप लगाउन शुरु गरिएको हो ।

यस्तै नाकामा कोभिड पहिचानका लागि एन्टिजेन विधिबाट जाँच गर्ने काम पनि भइरहेको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech