१४ बैशाख २०८२, आईतवार

बाँकेमा १७ संक्रमित थपिए, ६ जना डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके ।बाँकेमा शनिवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६९ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा शनिवार परीक्षण गरिएको छैन ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०१ पुगेको छ ।

यस्तै शनिवार थप ६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८८३ पुगेको छ । बाँकेमा कोरोना संक्रमित ९ जना सिकिस्त विरामी छन् भने २७ जना मध्यम विरामी छन् । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • २३ आश्विन २०७८, शनिबार प्रकाशित

  • Nabintech