१२ श्रावण २०८१, शनिबार

बडादशैंको पाँचौ दिन, आज स्कन्दमाताको पूजाआजा गरिँदै
  • न्युज मानसराेवर

बाँके।बडादशैंको पाँचौ दिन आज (सोमवार) स्कन्दमाताको पूजाआजा गरेर मनाइँदैछ । दुर्गा भवानीका नौ रुपमध्ये पाँचौ स्कन्दमाताको हो ।

नवरात्रका दिन शुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूजा गरिएकोमा आज पाँचौ दिन स्कन्दमाताको पूजा गरिँदै छ ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थी पुगेका छन् ।

उपत्यकाबाहिर नेपालगञ्जको बागेश्वरी मन्दिर, ताप्लेजुङको पाथिभरा, धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, गोरखाको मनकामना लगायतका शक्तिपीठहरुमा नवदुर्गा अवधिभर भक्तजनको भीड लाग्ने गर्दछ ।

दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

  • २५ आश्विन २०७८, सोमबार प्रकाशित

  • Nabintech