बैजनाथ।बैजनाथ गाउँपालिकामा नेकपा एमालेको शुभकामना आदान प्रदान सम्पन्न गरेको छ ।
विजया दशमी शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रमको आयोजना गरिएको थियो ।
नेकपा एमाले बैजनाथ गाउँ कमिटि द्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश कमिटि उप सचिव दुर्गा चौधरी ,प्रदेस कमिटी सदस्य नन्द विक ,जिल्ला अध्यक्ष निरक गुरुङ्ग जिल्ला सचिव रत्न खत्री स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
पछिल्लो राजनितिक अवस्था तथा त्यसले पारेको प्रभावका बारेमा नेता तथा कार्यकर्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।
संगठन चलाएमान बनाउन तथा स्थानीय स्तरका सरोकारका विषयमा क्रियाशिल रहन नेताहरुले स्थानीय कमिटि तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए । कार्यक्रम बैजनाग गाउँ कमिटि सचिव प्रेम सुवेदीले संचालन गरेका थिए ।