१२ श्रावण २०८१, शनिबार

गाईको गोबरबाट सावुन तयार
  • न्युज मानसराेवर

आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन । भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ ।

भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ । गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।

साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ । गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ । धर्म ग्रन्थहरूमा गाईको दूध र गहुँतलाई पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरेको पाइन्छ ।

  • २७ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech