१२ श्रावण २०८१, शनिबार

बाँकेमा बिहीवार दुई जनामा मात्र कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके। बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा र बागेश्वरी ल्याबामा आज परीक्षण गरिएको छैन ।

संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२९ पुगेको छ ।

यस्तै बिहीवार थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९२२ पुगेको छ ।

  • २८ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech