१२ श्रावण २०८१, शनिबार

इस्लाम धर्मावलम्बीले सोमवार मोहम्मद डे मनाए
  • न्युज मानसराेवर

बाँके।  इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव आज नेपालमा मनाएका छन।  ‘मोहम्मद डे’ पनि भनिने यस दिन मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन रहेको छ।

मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । आमरुपमा हामी नेपाली मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछौँ । १४९१ वर्ष पहिले अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई.वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।

अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिख सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डे मनाउने गर्दछन् ।

मोहम्मद जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए
भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।

मोहम्मद–डे का अवसरमा आफ्नो परम्परा वमोजिम गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ ।

हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लम अल्लाहको दुतको रुपमा जगतमा आएको इतिहास बताउँछ । मोहम्मदको मिठो बोली, सुद्ध तथा नैतिक आचरण तथा व्यवहारबाट अरबका जनताहरु प्रभावित भएका थिए ।

४० वर्षसम्म उहाँले अरबमा रही इस्लाम धर्मका धार्मिक मान्यताबारे जनतालाई प्रशिक्षित गर्नु भएको थियो ।

  • २ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech