१२ श्रावण २०८१, शनिबार

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो
  • न्युज मानसराेवर

बाँके।कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ ।

जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।

बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech