१२ श्रावण २०८१, शनिबार

पोलियो दिवसमा २ दिन र्‍याली हुने
  • न्युज मानसराेवर

काठमाडौँ। पोलियो रोगविरुद्ध सचेतना जगाउने उद्देश्यले चितवनमा कात्तिक ६ र ७ गते र्‍याली आयोजना गरिने भएको छ ।

रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का सात क्लब मिलेर आयोजना गर्न लागिएको साइकल र्‍यालीको पहिलो दिन नारायणगढको उद्योग वाणिज्य संघ परिसरबाट सौराहासम्म हुने जनाइएको छ ।

कार्यक्रम संयोजक विपिन पोखरेलका अनुसार पहिलो दिन साइकल र्‍याली हुनेछ । दोस्रो दिन पूर्वी चितवनको पर्साबाट मोटर र्‍याली हुने भएको छ । र्‍यालीले भरतपुरको परिक्रममा गरी नारायणगढको शहीदचोकमा परेवा उडाउने छ ।

र्‍याली गैंडाकोटसम्म पुगेर पुनः फर्किएर नारायणगढको संघका सभाहलमा आएर कार्यक्रममा परिणत हुनेछ ।

सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि विविध कार्यक्रम आयोजना गरी  सचेतना जगाउने गरिन्छ ।

हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरिया बाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० देखि पोलियो रोगी नभेटिएका बताइएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech