बाँके। सरकारले बाढीपहिरोमा परेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।
बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने, पीडितलाई राहत र उद्धारलाई प्रभावकारी बनाउने तथा घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
मृतक एकजना भए दुई लाख, एकैघरबाट २ जना भए तीन लाख र चार जना भए चार लाख रूपैयाँ दिने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै घर निर्माणका लागि ५ लाख रूपैयाँसम्म आर्थिक सहयाेग गर्न सकिने निर्णय पनि भएको मन्त्री श्रेष्ठले बताए ।