११ श्रावण २०८१, शुक्रबार

एक हप्ताभित्र यो सरकार ढाल्न सक्छु : ओली
  • न्युज मानसराेवर

काठमाडौँ। नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेता अध्यक्ष ओलीले तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पारे ।

बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने धेरै त नभनौं एक हप्ताभित्र यो सरकार जान्छ,’ उनले भने, ‘तर हाम्रो अभिष्ट सरकार बनाउने होइन । हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौं ।’

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए ।

  • ३ कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech