१२ श्रावण २०८१, शनिबार

बाँकेमा बिहीवार ९ संक्रमित थपिए, ११ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके। बाँकेमा बिहीवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन वटा प्रयोगशालामा १४३ नमुना परीक्षण गर्दा थप ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा ५, मेडिकल कलेज कोहलपुरमा ६६ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी ल्यावमा १७ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५५ पुगेको छ ।

यस्तै बिहीवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९७४ पुगेको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech