१२ श्रावण २०८१, शनिबार

बाँकेमा भोली एमालेको वडाअधिवेशन
  • न्युज मानसराेवर

बाँके। बाँकेमा भोली नेकपा एमालेले वडा अधिवेशन गर्ने भएको छ । देशभरी नै वडा अधिवेशन गर्ने कार्यतालिका अनुसार बाँकेमा पनि वडा अधिवेशन हुने भएको हो । बाढी प्रभावित जिल्लामा भने अधिवेशन हुने छैन् ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जिल्लाका ८१ वटै वडामा अधिवेशन हुने जानकारी दिए । वडा अधिवेशनबाट चार वर्षीय कार्यकालका लागि नेतृत्व छनौट हुनेछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उनको भनाइ छ ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले आंकाक्षीहरु नेताहरुसँगको लविङमा छन् । कतिपयले कार्यकर्तासँग भेटघाटलाई व्यस्त तुल्याएका छन् । वडाअधिवेशन सकेपछि यही ९ गते पालिका अधिवेशन हुने छ ।

बाँकेमा एमालेका ८ हजार सदस्य छन् । एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech