२२ बैशाख २०८२, सोमबार

कस्तो रहला आजको मौसम ?
  • न्युज मानसराेवर

बाँके।हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार हाल  देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका एक  दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । यस्तै शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

देशका थोरै स्थानहरुमा  मेघगर्जनसहित हल्का  देखि मध्यम  वर्षाको सम्भावना रहेको छ ।  साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech