१२ श्रावण २०८१, शनिबार

बाँकेमा शनिवार ७ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके। बाँकेमा शनिवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६६ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ६, र मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।

बागेश्वरी ल्यावमा २५ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६८ पुगेको छ ।

यस्तै शनिवार थप ३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९८४ पुगेको छ ।

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech