१२ श्रावण २०८१, शनिबार

जाजरकोटमा १ हजार ५ सयभन्दा बढी घरधुरी अन्धकारमा
  • न्युज मानसराेवर

बाँके।जाजरकोटको  बारेकोट गाउँपालिका–३,मुल्साममा रहेको  गाग्राखोला लघु  जलविद्युत्   आयोजनाको कुलो पहिरोले बगाउँदा एक हजार पाँच सयभन्दा बढी घर धुरी अन्धकार  भएका   छन्   ।

गत   कात्तिक २ गते  अविरल वर्षासँगै आएको   पहिरोले   विद्युत्को   कुलो बगाउँदा   बारेकोट   गाउँपालिका २ र     ३ का एक हजार  पाँचभन्दा बढी   घरधुरी   अन्धकार    भएका हुन् ।

गाउँपालिकाको    पहाडा मुल्साम,  स्याला  मुल्साम,  पछेउरी,  बूढागाउँ,  रोकायगाउँ, अयर्ना,   सेरी,   लिम्सा, ध्यार गाउँलगायतका   बस्ती विद्युत् सेवाबाट वञ्चित भएको बारेकोट   गाउँपालिका–२   का स्थानीय   बासिन्दा   हरि बहादुर नेपालीले   जानकारी  दिए । गोरखापत्र दैनिकमा खबर छ ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech