बाँके। नेकपा माओवादी केन्द्रको अस्थागत संगठन निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ नेपालगन्ज उपमहानगरको अध्यक्षमा राजु गोडिया निर्वाचित भएका छन् ।
नेपालगञ्जको होटल द ग्यालेक्सी दरवारमा आइतबार सम्पन्न संघको दोश्रो नगर अधिवेशनबाट राजु गोडियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
समितिको उपाध्यक्षमा समसुद्दिन कबडिया, सचिबमा धर्मराज धोबी, सह–सचिबमा बिरेन्द्र चिडिमार, कोषाध्यक्षमा सत्तरोहन बर्मा, सदस्यहरुमा क्रमशः जमिल शाह, रज्जब अली, सत्तार खाँ (राजु), राजेश सिंह, सलिम दर्जी, कसिम दर्जी, आजाद शेष, सद्दाम ईद्रीसी, वसीम पठान, कमल गोडिया, हलिम इद्रीसी र मुबारक सल्मानी चयन भएका छन । चार जना महिला सदस्यलाई पछि थप गरिने अध्यक्ष गोडियाले जानकारी गराए ।
अखिल नेपाल निर्माण संघ नेपालगञ्ज उपमहानगर समितीका निवर्तमान अध्यक्ष हविव अन्सारीको अध्यक्षता, स्वागत राजेन्द्र सिंहले गरेको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज नविन शर्मा रहेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा बाँके निर्वाचन क्षेत्र नम्बर २ (ख) का इन्चार्ज नविन शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दान बहादुर ओली, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके अध्यक्ष वसन्त मल्ल, सचिब राजकुमार बि.सी., प्रेस सेन्टर नेपाल, बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेश महासचिव गजेन्द्र गुरुङ लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल, बाँकेका नवनिर्वाचित अध्यक्ष डक्ट प्रसाद धिताल र कोषाध्यक्ष चन्द्र बहादुर बोहोरालाई सम्मान गरिएको थियो ।











