नेपालगन्ज : नेकपा एमालेको नेपालगन्ज उपमहानगर समितिको अध्यक्षमा दत्तप्रसाद आचार्य सर्वसम्मत अध्यक्ष भएका छन् । नेपालगन्जमा मंगलबार सम्पन्न भएको अधिवेशनले आचार्यलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । समितिको सचिवमा मोहित शाह चयन भए । अध्यक्ष पदमा आचार्य र शाह आकांक्षी रहेका थिए ।
पार्टीको नेतृत्व तहबाट सर्वसम्मत बनाउने क्रममा आचार्यलाई चयन गरिएको हो, भने अर्का आकांक्षी शाहलाई सचिवको जिम्मेवारी दिइएको छ । समितिको अन्य दुई जना सहसचिव र अन्य सदस्य पदमा पनि सर्वसम्मत चयन गरिएको बताइएको छ ।
अधिवेशन उद्घाटन शत्रमा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, नेतृ शान्ति ढकाल, एमाले बाँकेका अध्यक्ष निरक गुरुङ, प्रमोद धिताल, दिपा शर्मा लगायत पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।