१२ श्रावण २०८१, शनिबार

एमाले नरैनापुरमा पनचराम सर्वसम्मत अध्यक्ष
  • न्युज मानसराेवर

बाँके(नरैनापुर) : नेकपा एमालेको नरैनापुर गाउँपालिका स्तरिय अधिवेशनबाट अध्यक्षमा पनचराम यादव निर्वाचित भएका छन् । नरैनापुरमा मंगलबार सम्पन्न भएको अधिवेशनबाट उनी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा प्रमोद मिश्र, सचिव सुनैना मिश्रा, उपसचिव पारसनाथ पाण्डे र इन्द्रजित यादवसहित ५९ सदस्यीय समिति रहेको एमाले नेता सोहनलाल यादवले जानकारी दिए । अधिवेशन उद्घाटन शत्रमा एमालेका विभिन्न नेताले सम्बोधन गरेका थिए ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • Nabintech