१२ श्रावण २०८१, शनिबार

मेडिकल कलेजको विवाद समाधानको प्रयास गरिँदै
  • न्युज मानसराेवर

बाँके\नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको विवाद समाधान गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा गठित मध्यस्थता समितिले बुधवारदेखि काम थालेको छ ।

मन्त्रालयका उपसचिव भोलानाथ गुरागाइँको संयोजकत्वमा गठित तीन सदस्यिय समितिले अस्पतालमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनपक्षसँग छुट्टाछुट्टै तथा सामुहिकरुपमा छलफल शुरु गरेको छ ।

शिक्षण अस्पतालका झन्डै ११ सय कर्मचारी सात बुँदे माग राखेर कार्तिक एक गतदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुले इमरजेन्सीबाहेक अन्य सवै सेवा ठप्प पारेका छन् ।

उनीहरुले पाँच वर्षदेखि रोकिएको तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा गर्नुपर्ने, सामाजिक सुरक्षा कोष, उपदान, वीमा र स्वास्थ्य उपचार खर्च एवं सेवा सुविधा वृद्धि हुनुपर्ने, हाजिर र विदा थप व्यवस्थित हुनुपर्नेलगायतका माग राखेका छन् । अस्पताल व्यवस्थापन पक्षले भने आर्थिक व्यवभार थपिने कुनै पनि माग पूरा गर्न नसकिने स्पष्ट पारिसकेको छ ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • Nabintech