बाँके। अमेरिकी विज्ञहरूले पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए) का विज्ञहरूको एउटा समूहले मङ्गलबार खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन्।
यस खोपको पक्षमा १७ मत र एक मत विपक्षमा परेको थियो। योसँगै अबको केही साताभित्रै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई समेत फाइजरको यो खोप आकस्मिक प्रयोगको स्वीकृति दिने बाटो खुलेको छ।
एफडीएका विज्ञ समूहले यस उमेर समूहमा कोभिड–१९ सङ्क्रमण रोक्न खोप सुरक्षित रहनुका साथै ९०.७ प्रतिशत प्रभावकारी रहेको भन्ने फाइजरको तथ्याङ्कलाई स्वीकार गरेको छ। यो खोप एफडीए र अमेरिकाको रोग नियन्त्रण तथा उन्मूलन केन्द्र (सीडीसी)ले बाट अन्तिम अनुमोदन हुन् भने बाँकी नै छ। खोप अनुमोदन भएमा पहिलो चरणमा यो खोप १२ वर्षमाथिका दीर्घरोगीलाई दिइनेछ। एजेन्सीलाई उदृत गर्दै गोरखापत्रमा खबर
छ ।











