१२ श्रावण २०८१, शनिबार

इजलास बहिस्कार गर्ने सर्वोच्चका १५ न्यायाधीशविरूद्ध रिट दर्ता, अनतिक्रम्य हक हनन गरेको आरोप
  • न्युज मानसराेवर

बाँके\ सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ नगरेको कारण मानव अधिकार हनन भएको भन्दै रिट निवेदन दर्ता भएको छ ।

सर्वोच्च अदालतको इजलास बहिस्कार गरेर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका १५ जना न्यायाधीशलाई विपक्षी बनाएर परमादेशको आदेश माग गरी रिट निवेदन दर्ता भएको हो ।

नेपालको संविधानले हरेक नागरिकलाई न्याय प्राप्त गर्ने हकलाई अनतिक्रम्य हकको रुपमा व्यवस्थित गरेको तर, केही दिन यता बन्दी प्रत्यक्षीकरणका रिट निवेदन र थुनुवाका मुद्दामा समेत न्यायाधीशहरूले सुनुवाइ नगरेको कारण मानव अधिकारको हनन भएको दाबी निवेदनमा गरिएको छ ।

अधिवक्ता कृष्ण प्रसाई, कीर्तिनाथ शर्मा पौडेल, नागरिकहरु सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीले १५ जना न्यायधीशलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech