११ श्रावण २०८१, शुक्रबार

एमाले बाँकेले जिम्मेवारी तोक्यो
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमाले बाँकेले जिल्लामा रहेका स्थानीय तहहरुमा इन्चार्ज र सह-इन्जार्ज तोकेको छ । जिल्ला अध्यक्ष निरक गुरुङ द्धारा हस्ताक्षर गरिएको परिपत्रमा बैजनाथ गाउँपालिका गोविन्द्र जि.सीलाई इन्चार्ज तोकिएको छ भने सह -इन्चार्जमा निर्मला मल्ल लाई जिम्मेवारी तोकिएको छ ।

यसै गरी नेपालगञ्ज उपहानगरपालिकामा इन्चार्ज प्रमोद धिताल र सह -इन्चार्जमा भाष्कर काफ्ले र राम थापालाई जिम्मेवारी उपलब्ध गराएको छ ।

यसै गरी जानकारी गाउँपालिकामा डिल्ली विसी लाई पार्टीको इन्चार्ज तोकिएको छ भने सह- इन्चार्जमा जयराम यादवलाई जिम्मेवारी तोकिएको छ । यसै गरी खजुरा गाउँपालिकामा इन्चार्ज भिम ओलीलाई जिम्मेवारी तोकिएको छ भने सह- इन्चार्जमा सतिश निरौला र यम बहादुर महतारा लाइ एमाले बाँकेले जिम्मेवारी दिइएको छ ।

यसै गरी नेकपा एमाले बाँकेले जिल्ला सचिवालयमा दश जनालाई मनोनय गरेको छ । मनोनयन हुनेमा राम थापा , भाष्कर काफ्ले हंस खनाल ,खेम शर्मा कर्ण सिह विसी, रेशम खत्री निर्मला मल्ल ,यम बहादुर महतारा ,सोहनलाल यादव र सुरेश यादवलाई जिल्ला सचिवालयमा मनोनय गरेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • Nabintech