१५ बैशाख २०८२, सोमबार

बाँकेमा शनिवार ७ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा शनिवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८५ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ३, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा ३० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९४ पुगेको छ ।

यस्तै शनिवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १६ पुगेको छ ।

अस्पतालमा ४ जना भेन्टिलेटरमा छन् भने ६ जना सिकिस्त र ८ जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

  • १३ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech