१२ श्रावण २०८१, शनिबार

पालिका स्तरीय महिला भलिबलमा नेपालगन्ज र कोहलपुर भिड्दै
  • न्युज मानसराेवर

बाँके\ बाँकेको सितापुरस्थित शुक्र भलिबल स्टेडियममा चलिरहेको पालिकास्तरीय महिला भलिबल प्रतियोगितामा उपाधीका लागि नेपालगन्ज र कोहलपुर भिड्दैछन् । दुबै बीचको खेल आइतबार अपरान्ह तिर सुरु हुने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए ।

आयोजकका अनुसार यसअघि शनिबार भएको खेलमा नेपालगन्ज, कोहलपुर, बैजनाथ र राप्तीसोनारी सेमिफाइनलमा प्रवेश गरेका थिए । सेमिफाइनल खेलमा बैजनाथ गाउँपालिकालाई हराउँदै कोहलपुरल नगरपालिका फाइनलमा प्रवेश गरेको थियो । यस्तै राप्ती सोनारी गाउँपालिकालाई हराउँदै नेपालगन्ज उपमहानगरपालिका फाइनलमा पुगेको हो ।

फाइनल खेल सकिए लगत्तै प्रतियोगिताका विजेता, उपविजेता लगायतलाई आइतबार नै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने छन् ।

  • १४ कार्तिक २०७८, आईतवार प्रकाशित

  • Nabintech