२९ बैशाख २०८२, सोमबार

११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत
  • न्युज मानसराेवर

बाँके\नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको समितिले जनाएको छ ।

यस वर्षको भाइटीका कात्तिक २० गते रहेको छ । तिहारको मुख्य दिन भाइटीकामा दाजुभाई दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाउने प्रचलन छ । यस दिन दाजुभाई दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइ दिइसकेपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech