१२ श्रावण २०८१, शनिबार

कुन–कुन तहबाट कति निर्वाचित हुन्छन् एमाले महाधिवेशन प्रतिनिधि ?
  • न्युज मानसराेवर

बाँके\एमालेले मंसिर १० देखि १२ सम्म चितवनमा आयोजना गर्न लागेको दशौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधिको मापदण्ड निर्धारण गरेको छ ।

एमालेको केन्द्रीय कमिटी बैठकले निर्धारण गरेको मापदण्ड केन्द्रीय कार्यालयले अन्तिमरूप दिएर आज अन्तरपार्टी निर्देशनको रूपमा सार्वजनिक गरेको छ ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा १९ सय ९९ जना प्रतिनिधि सहभागी गराउने भएको छ । एमालेले कात्तिक २७ गते देशभरको पार्टी कमिटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने निर्णय गरेको छ  ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा पदेन, निर्वाचित र मनोनित गरी तीन प्रकारका प्रतिनिधि सहभागी हुने बताएको छ ।

एमालेले प्रतिनिधि निर्वाचनको लागि निम्नानुसारको आधार तोकेको छ:

– एमालेको विधान अनुसार, केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू, केन्द्रीय अनुशासन आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्यहरू, केन्द्रीय निर्वाचन आयोगका पदाधिकारी र सदस्यहरू पदेन प्रतिनिधि हुने व्यवस्था गरेको छ ।

– केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष स्थायी कमिटीको पदेन सदस्य रहेकोले आयोजक हुने हुँदा सल्लाहकार परिषदका अन्य पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि ।

– सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उनीहरूलाई मताधिकार नहुने ।

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० मा थप १/१ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो पछि प्रत्येक ८०० सदस्यसम्म मा थप १ जना तर हरेक दोश्रो ८०० मा महिला अनिवार्य हुनेछ ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा थप ५०० सम्म सदस्य थप भएमा १ जना महिला अनिवार्य र सो पछि प्रत्येक ५०० मा महिलाको एकतिहाइ हुनेगरी १/१ जनाको दरले प्रतिनिधि छनौट गर्ने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।

– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने ३० जना प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

– स्वदेशका देहायबमोजिमका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा

२ महिला सहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि:

नेपाल ट्रेड युनियन महासंघ

अखिल नेपाल किसान महासंघ

अखिल नेपाल महिला संघ

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन

राष्ट्रिय युवा संघ, नेपाल

राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपाल

लोकतान्त्रिक मधेसी संगठन

नेपाल खेलकूद महासंघ

आदिवासी–जनजाति महासंघ, नेपाल

पेशागत महासंघ, नेपाल

नेपाल उत्पीडित जातीय मुक्ति समाज

नेपाल मुस्लिम ईत्तेहाद संगठन

प्रेस चौतारी, नेपाल

नेपाल भूमिहीन सुकुम्बासी संगठन

लोकतान्त्रिक अपाङ्ग संगठन

नेपाल बुद्धिजीवी परिषद

प्रगतिशील पेशागत कानून व्यवसायी संगठन

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन

नेपाल उद्योग व्यवसायी महासंघ

प्रगतिशील इन्जिनियर्स एशोसिएसन, नेपाल

मानव अधिकार एलाइन्स

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल

प्रतिनिधि निर्वाचन, विवरण र परिचय पत्र:

– २०७७ चैत मसान्त सम्मका पार्टी सदस्य मात्र राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचनका लागि मतदाता हुने । प्रतिनिधिको निर्वाचन केन्द्रीय संगठन विभागबाट अभिलिखित पार्टी सदस्यता विवरणको आधारमा गर्ने ।

– २०७८ कार्तिक २७ गते स्वदेश तथा प्रवासमा एकैसाथ प्रतिनिधि निर्वाचन गर्ने । निर्वाचित प्रतिनिधिको प्रमाणित विवरण कार्तिक ३० गतेभित्र केन्द्रीय संगठन विभागमा दर्ता गर्ने ।

– एउटा पार्टी सदस्यले एउटा निर्वाचन क्षेत्रमा मात्र प्रतिनिधि चुन्ने चुनिने अधिकार प्रयोग गर्न पाउने ।

– पदेन प्रतिनिधिहरू प्रतिनिधि चयन प्रकृयामा मतदाता हुन नहुने ।

  • १५ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech